ऊ
गहिरो निद्रामा मस्त थियो
सपनामा ऊ
भाग्दै थियो
पछाडिबाट
कोही उसलाई
लखेटिरहेको थियो
ऊ भागिरह्यो
बत्तास्सिएर
एकोहोरो कुदिरह्यो
जबसम्म
उसको गोडामा दम थियो
जबसम्म उसको फोक्सोमा प्राण थियो
जबसम्म
उसको शरीरमा
श्वास थियो
तबसम्म
ऊ भागिरह्यो
अन्तत:
ऊ रोकियो
र
निकै डराउँदै
फर्किएर हेर्यो
उसले देख्यो
उसको आत्मा
उसैलाई हेर्दै मुस्कुराइरहेको थियो
सुतेको मान्छे
बल्ल आत्मासँग एक भयो
बल्ल ऊ भाग्न छोड्यो
बल्ल
उ ब्युँझियो !
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला