साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book

कविताः बलियाको बाहुमा

Chovar Blues Mobile Size
विमल बस्याल

जव सम्म जीतको उन्मादमा
हर्हराइरहेको तृषित आँतहरुको
तातो रगतले प्यास बुझाउन्न
तब सम्म बलिरहनेछ युगको आगो
अनि ज्वालाहरु पुग्दछन्
हरेक फाँटहरुमा
र भष्म पार्दछन्
दिनाहीन् मानिसको विश्वास माथि
यो हो आगोको लप्का
जसको सामर्थ्य छैन
उसमाथि बज्रने छ
भष्म रुपी ताण्डव
यहाँ निर्धो माथि गरिएको
भद्दा अट्टहासको
सारा संसार दर्शक बन्न मगनमस्त छ
यहाँ विजेताद्वारा
भोका नाङ्गा मानवको
मृत्यु माथि कुल्चेर
बनाइन्छ चिहानको साम्राज्य
यहाँ अलिअलि देखाइन्छ
समानताको खेल पनि
नुनको सोझो गर्ने सँग
स्वार्थको सट्टेबाजीका लागि
ऊ कुनै बिष्टकाजीले फ्याँकेको रोटिजस्तै
टिपेर भोक बुझाउन अभिशप्त छ
तर आफ्नो स्वतन्त्रता माथि गर्व गर्छ
तर बुज्दैन कि घोडा आफू भए पनि
लगाम त मालिक सँगै छ
कथित बलियाको मर्ममा
लुकेको यो
शकुनी र कृष्णको कुटिल खेल
जब सम्म निर्धोले हार्दैन
तब सम्म खेलिन्छ अनन्त खेल
जसरी मुसालाई बिरालोले
खेलाइरहनछ आफ्नो पञ्जाममा
नमरेसम्म
उसको चिच्याहट बन्दछ
अरण्यरोदन
जसरी निर्बल राष्ट्रको फाँटमा
बर्साइन्छ अणुबम
अनि खेलिन्छ मानवता बिरुद्द भद्दा खेल ।

प्रतिक्रिया
Loading...