बोझहरू बिसाउ तिमी
बोक्छु तिम्रो साटो
म मुस्काउँछु तिमी हाँस्दा
खै त तिम्रो हाँसो ?
फूलैफूलको सौगात लैजाऊ
काँडा मेरो बाटो
म फक्रिन्छु तिमी फुल्दा
खै त तिम्रो हाँसो !
खोली हेर एकचोटी
मन बाँध्ने गाँठो
म आत्तिन्छु तिमी रूँदा
खै त तिम्रो हाँसो ?
रोकिए झैँ लागिरह्यो
जिन्दगीको पाटो
म दौडिन्छु तिमी हिँड्दा
खै त तिम्रो हाँसो ?
शित जति मेरो भयो
बसन्तको साटो
कड्यांग्रिन्छु तिमी रूझ्दा
खै त तिम्रो हासो ?
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला