

रविन न्यौपाने
कुनै यस्तो भयानक आगलागी होस्
जसले राख पारोस धोत्रीएर धमिरा लागेको बूढा रुखहरु
अनि पलाउन कलिला भाब्राहरु
कुनै यस्तो भयानक हुरी आओस्
जसले उडाओस जमिनका कुडाकर्कटहरु
अनि रङ्गहरु पोतोस विकास र समृद्धिका
कुनै यस्तो भयानक झरी परोस्
जसले बगाओस कुरिती र कुसंस्कारका पाप्राहरु
अनि चम्किउन स्व्यम्भूनाथका गजुरहरु
कुनै यस्तो भयानक सुनामी आओस्
जसले डुबाउन् सदियौंदेखि राज गरेका अँध्यारा हिरन्यकसिपुहरु
अनि जन्माउन उज्याला उज्याला महात्मा प्रल्हादहरु
कुनै यस्तो भयानक भुमरी परोस्
जसभित्र पुरिएर सर्वनास होउन निशाचारका पश्चगामी कोइलाहरु
अनि प्रज्वलित होउन गर्भभित्रका लाभाका अग्रगामी झिल्काहरु



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
