रवीन्द्रनाथ टैगोर

 

मेरो मायाको सुगन्ध

मेरो मायाको सुगन्ध
वसन्तको फूल जस्तै
चारैतिर उठिरहेको छ
पुराना धुनहरु
याद आयो
अचानक मनमा चाहनाका
हरिया पातहरु पलाउन
थाले

मेरो माया नजिक छैन
तर उसको स्पर्श मेरो शिरमा छ
र उसको स्वर
अप्रिलको रमाइलो खेतहरूबाट फुसफुसाइरहेको छ
उसको नजरले
मलाई यहाँ आकाशबाट हेरिरहेको छ
तर उसको आँखा कहाँ छ ?
उनको चुम्बन हावामा छ
तर उनको ओठ कहाँ छन् …? 

      अनुवादः मिलन कार्की