आज मौसम फरक छ
विभाजित छ आकाश
छर्लङ्ग छुट्टयाउछ आकाशको सिमा
उ त्यो पारि क्षितिज
र मडारिँदै गरेको बादलले
सीमा छुट्टयाउन नसकेको त हामीले मात्र हो ।
खै कस्तो छ मेरो देशको कम्मरको आकार
खै कस्ता छन इन्द्रेणीको रंग आकाशमा
देख्नेहरू भन्छन् सबै आँखाले दैख्दैनन् इन्द्रेणीको रंग
सबै देख्नेहरू बुझ्दैनन् इन्द्रणीको भावना
जसले देख्न सक्छ इन्द्रेणीको रंग
उसैले बुझ्न सक्छ, सीमाको भावना
आज मौसम फरक छ
कतै घाम छ कतै पानी छ
कहिले कता देखिन्छन कहिले कता देखिन्छन्
यो इन्द्रेणी र बादलले बनाएको नक्साको स्वरुप
हुनत आकाश देख्नेहरू पनि आकाश जस्तै विभाजित छन्
पहाडमा बस्नेहरू घामको पक्षमा
र तराईमा बस्नेहरू सितलको पक्षमा छन्
हेर्दा हेर्दै सर्दै जान्छ बादलले कोरेको आकाशको सीमा
मेरो देशको सीमा आकाशमा बनेको जस्तो होइन
सूर्यको प्रकाशले मेरो छायाँलाई
दायाँ बाँया सारे जस्तो पनि होइन
मेरो देशको सीमा त
त्यो क्षितिजले बनाएको सीमा जस्तो हो
मेरो बुबाले मलाई देखाउँदा जहाँ थियो ्
मैले छोरालाई देखाउँदा पनि त्यहि हुनु पर्छ
हेर्दा हेर्दै आकाशमा बनेको नक्साको रुप बदलिन सक्छ
मेरो देशको नक्सा आकाशमा बनेको जस्तो
होइन आकाश जस्तो हो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।