साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कविताः अपसोच !

Chovar Blues Mobile Size
शिसिर बाँस्कोटा

एक कुम्लो सम्झना
एक थुन्से चहाना
एक मानो आसा
अनि
प्रेमको अस्तु घिसार्दै
पुगेँ उनको बस्ती

अपसोच !

त्यही पल खबर आयो
उनलाई निन्द्राले समायो
मलाई
एक भकारी निराशा थमायो
अन्ततः
एक मानो आशा त्यहीँ छाडी
म निराशाको भकारी बोकेर
फर्किएँ आफ्नै बस्ती ।

पाँचथर,फिदिम

sagarmani mobile size
प्रतिक्रिया
Loading...