साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कणाद महर्षिको कविताः आँखा गुच्चा भयो

Chovar Blues Mobile Size

आँखामा हिजो प्रभात थियो
डुल्दै दिनमा लर्खरियो
-कतै तेजको क्याबात आयो
-कतै बर्बादको आघात पायो
साँझ कुप्रिदै
जिन्दगीमा उदायो
सबै नष्ट,
सबै भ्रष्ट
पत्रपत्र खसेर
उत्साहका वेगहरू सबै
क्या लात भयो
क्या रात भयो ।

कणाद महर्षि

…..
क्या रात भयो !
लौ अब त्यो आँखामा
-न नीद भयो
-न गीत भयो
बडो खुल्दुलीमा त्यो सिङ्गो आँखा भयो
सिङ्गो जो भयो
-उल्टाउ, उल्टियो
-पल्टाउ, पल्टियो
सम्झ !
-गुडाउ गुच्चा भयो
फुच्चा फुच्चाको खेल तमासामा
हेर ! आँखा पनि गुच्चा हुनसक्दो’रे छ
लौ आँखा गुच्चा भयो ।

प्रतिक्रिया
Loading...