जब मेरो कलम बागी बन्छ
केही हूल मस्तिष्कहरू पर्खाल बन्छन् ।
म ती पर्खालहरू
भत्काउन खोज्छु मस्तिष्ककै कलमले
तर पर्खाल भत्किँदा नभत्किँदै
तेर्सिन्छन् केही जोर हत्केलाहरू
अनि भाँच्न खोज्छन् मेरा वैचारिक कलम ।
मेरा अस्तित्वका बिर्का, खोल र भिर्नीहरू
सहिरहन्छन् विभेदकारी पदचापहरू ।
तर मेरा चेतनाका सुइराले
घोचिरहन्छन् उसका मस्तिष्कीय पाइतलाहरू
तबसम्म
जबसम्म ढल्दैनन् उसको मनुचेत देह ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
