दिलीप चित्रे
चक्रव्यूहमा प्रविष्ट हुनुभन्दा पहिले
को र कस्तो थिएँ म !
चक्रव्यूहमा प्रविष्ट भैसकेपछि
म र चक्रव्यूहको बीचमा
एउटा प्राणघातक निकटता थियो
यो मैले भेउ पाउने छैन !
चक्रव्यूहबाट मुक्त भएपनि
चक्रव्यूहको रचनामा कुनै फरक पर्ने छैन
मरौँ वा मारौँ
मारिनेछु वा मार्नेछु
यसको निर्णय असम्भव छ ।
जब निन्द्रामा हिँडन थाल्छ सुतिरहेको मान्छे
उसले फेरि सपनाको संसार देख्न पाउने छैन
त्यो निर्णायक प्रकाशकमा सबै कुरा उस्तै दुरुस्तै हुन्छ कि ?
तराजुको एउटा पल्लामा नपुंसकता
अर्को पल्लामा पुरुषार्थ
तराजुको काँटाको ठीक बीचमा अर्धसत्य ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

तुरुन्त Scan गर्नुहोला
