साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

राजन विक्रम थापाका दुई गजल

Chovar Blues Mobile Size

१)
दुनियाँमा हरचीज एक्लै जान्नु पर्ने के छ !
तिमीले भनेको सबैले मान्नु पर्ने के छ !

बर्बराई नै रहन्छौ बेसुर र सपनीमा भने ।
झक्झकाएर हरेक क्षण तान्नु पर्ने के छ !

लुटिएकै त थियौ बर्षौं निमुखा बनेर सारा ।
लुटकै राज्य फेरि कसैले धान्नु पर्ने के छ !

राखेकै त थिए भण्डारमा सजाएर जनले ।
सडेर गनाइसकेपछि फेरि छान्नु पर्ने के छ !

राजन विक्रम थापा
sagarmani mobile size

भोको पेट र नाङ्गै आङ सधैँ बाँच्न परेपछि ।
सलामी दिदै तिमीलाई राजा ठान्नु पर्ने के छ !

 

२)

आफ्नो जात आफैले जनाउँन त हुने हो ।
मिलेर मुलुक श्रीलंका बनाउँन त नहुने हो ।

आफ्नै लास विस्कुन पारेर मुल सडकमा ।
सिनो गनाए झैं आफै गनाउँन त नहुने हो ।

सुधार्छौ सपार्छौ जोगाउँछौ त भन्दैनन् कोही ।
सत्यानास नै भयो भनी भनाउँन त नहुने हो ।

बल्न खोज्दैछ आगो अनि जल्न खोज्दैछ देश ।
शासकले नै टाउको कनाउँन त नहुने हो ।

सल्कँदै गर्दा भोलि देश अनि दमकल लुकाएर ।
बलेको आगोमा तेल खनाउँन त नहुने हो ।

 

राजन विक्रम थापा
नमुनाटोल काठमाडौं
२०७९।०१।१६ 

प्रतिक्रिया
Loading...