

प्रल्हाद कुमार ढक
सधैँभरी घरीघरी
झगडा गरेर मिल्नु भन्दा
आऊ हामी
मिलेरै झगडा गरौं
हुन्छ के हुन्छ आऊ
लछार्-पछार् पार मलाई
च्याप्प समातेर
भुङ्ग्ग ढाल भूइँमा
कोपर-कापर गर चिथोर
कुटुक्क क्याक्क टोक
चिमोट निमोठ
कुट न्वारनको बलले
झ्याम का झ्याम
मल्ल युद्ध गर
चारै खान चित्त तुल्याऊ
लडाऊ न्याक
धुलो चटाउ भुइँको
चिच्याऊ कराऊ
गुर्गुराऊ सुस्केरा हाल
ओकल बाहिर सबै
रिस राग गुनासा
ऐठन दर्द र भाँडासहरु
हेर
सधैँभरी घरीघरी
झगडा गरेर मिल्नु भन्दा
आऊ हामी
मिलेरै झगडा गरौं ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
