चढ्यो दुई चार पाइला चलायो
छत्लङ्ग चेन फुस्कन्छ
टुक्रु्क्क बस्यो
बडो मुस्किलले चेन कस्यो
फेरि दुईचार पाइला ठेल्यो
फेरि छत्लङ्ग
गन्तन्य कता हो कता
चेन फुस्केको फुस्क्यै
टुक्रुक्क फेरि बस्यो
कस्यो
फेरि खस्यो
फेरि तुर्लुङ्ग
कपडाभरी तेलै तेलको दाग
कालो कालो
उठ्छु अब
साइकल डोर्याउँन थाल्छु
दिक्क लाग्छ
हुत्याएर साइकल एकातिर
दौडिन मन लाग्छ
गन्तव्य कता हो कता
कयौं माइल टाढा
फेरि प्रयास गर्छु
अझ एकपल्ट
फेरि चेन तुर्लुङ्ग
मेरो जिन्दगी साइकलको
चेन जस्तो !
५/१/२२
फेल्स वे पौंड
माल्डेन,
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
र यो पनि पढ्नुहोस्...
विश्वराज अधिकारी
पुष ११, आईतवार १४:०१