बिहानीको सुरुवातमा झुल्केको
घाम जस्तै
त्यो हँसिलो मुहार देख्दा
लाग्छ संसार जिते जस्तै
जीवनका हरेक पलमा
साथ दिने वाचाहरुको याद आउँछ
तीता मीठा पलहरुमा तिम्रो
साथ खोज्छ सधैँ सधैँ
जीवन एक संघर्ष
हो हरबखत जुध्नु पर्ने
दुःख पीडा लुकाएर
बाहिर सधैँ हाँस्नु पर्ने
कहिले काहीँ लाग्छ मलाई
मैले पो बुझ्न सकिन कि
तिम्रा सारा पीडालाई
सम्हाल्न पो सकिन कि ?
तिम्रो दुःखमा रुने
मन अझै पनि छ नियाली हेर
आफ्ना मात्र कुरा हैन
कहिले मेरा कुरा पनि सुन्ने गर
पर्खाइको पीडा के हो
पर्खनेलाई सोधी हेर
खुकुरीको चोट कति
अचानोलाई सोधी हेर ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला