

हाम्रो युगमा
ए एच ६४०
धूवाँको मुश्लो उडाइरहेछ
वीरगाथाका गीत गाउँदा गाउँदै
स्पाती मैदानमा ढलिरहेछ मान्छे
वर्षा ऋतुको मध्य गर्मीमा
एम ओ डब्लू ए एस दुई, बि ए टिटि एल इ
आकाशमा
शाहसी संघर्ष गरिरहेछ
समुद्रको किनारमा बलिरहेका मटरहरूले
मेरा आँखाहरू कम्पन गराउँछन्
पि जेड एच २००२

वैरागी जेठा
जिटिए ५
एम ७७७
एस भी ३३
सिआइजेड १०
धूवाँका मुश्ला
आकाशतिर उडाइरहेछन् सेता बकुल्लाहरू झैं
चराहरू वीरहका गीत गाउँदछन्
मलाई दृश्यले निस्सहाय बनाउँछ
दुःख पाउन किन ? लडाईँ हो ?
मुस्कुराउँदै रकेटहरू
मान्छे विनाको हेलीकप्टरहरू
निरीह समुद्रमाथि
परर् प्याट परर् प्याट पार्दै दौडिरहेछन्
आश्चर्यजनक बनाउँदै
यौवनको उत्साह खसाल्छ
एउटा टाकुरामा
आँखा चम्कन छोडेर लोलाउन थालेको छ
हिजो आज
शारीरिक पीडाका फूलहरू
साहित्यकार बोल्शेभिक खोजिरहेथे
उज्ज्वल वैचारिक र नैतिक शिक्षाका पानाहरू
लेनिनका गाउँहरू
शोक धुन बजाइरहेकाले
गम्भिर प्रश्न खडा गरिरहेछन्
आकाशमा उडेका काला धूवाँहरू
न्याय मागिरहेका थिए
मान्छेहरूसँग
खचाखच भरिएको बालाजु स्थित
बाइसधारा रोइरहेथ्यो
घरेलु समस्या
हुँदाहुँदै पनि
बाटोभरि मानवता गाउँदै हिँड्थेँ
गाइने चरोझैँ
यतिबेला मानवता मरेको छ
शहरमा मान्छेहरू छैनन्
एउटा पाइलो टेक्न
यतिका अस्त्रहरू किन प्रयोग गरिएका होलान्
मुटु थर्रथराउँछ
धूवाँका विषादी कणहरूले
अनेकौ जैवीक जीबहरूलाई असर गरिरहेछन्
बुझ्दा बुझ्दै पनि मान्छेहरू
जलथल दुबै प्रयोग गरेर लडिरहेछन्
एउटा सत्ता जोगाउन
आकाशमा अग्निज्वालाहरू काँपिरहेथे
समुद्रमा खसिरहेका कोइलाहरू
चिरचिराहट पानीलाई डामीरहकेका थिए
धाराबाट झैँ चुहिएका पानीका थोपा जस्तै
डिजेलका थोपाहरू तैरिरहेका देखिन्थे
कसौँडीको पानी झैँ टिलपिल
आँखा खाने गरेरै टल्किरहेथे तेलका थोपाहरू
वादल भन्दा माथि माथि
धूवाँका मुश्ला फ्याँकिरहेथे
वादललाई उछिनेर
उल्का झरेझैँ एकनास झरिरहे
जहाजका पखेटाहरू
दोन बलिरहेछ बेलघारीझैँ
गहूँगोरा पहाडहरू
सेता काला खरानीमा रूपान्तर हुँदै
बिझाउँछन् अरलि काँडा जस्तै
दुःस्वपन विचारहरू
फुङ्ग देखिँदा देखिँदै
अमिलो ग्याँस फ्याल्छ
जीवहरूको बस्तीमा ।



