साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

श्रेयश सन्ध्या भट्टराईका कविताहरु

Chovar Blues Mobile Size

म को हुँ? के हुँ?
सायद कुवा खोज्ने प्यासी हुँ
कर्म कर्तव्य त्यागेको सन्यासी हुँ
मनको बाघको सिकार;
सीनोको भारी हुँ
गन्तव्य बिनाको म यात्री हुँ
अन्ट सन्ट बक्ने शास्त्री हुँ
म को हुँ? के हुँ?
सायद अनुत्तरित प्रश्नहरुको म उत्तर हुँ!

टाढा टाढा जहाँ मेरो आवाज पनि पुग्दैन
त्यहाँ कोही बसेको होला मेरो प्रतिक्षामा
जहाँ मेरो याद छैन, न मेरो अस्तित्व
त्यहाँ कोही मलाई कुर्दै टोलाउदै होला क्षितिजमा
जुन गाउँको बाटो मलाई थाहा पनि छैन
त्यहाँ मेरो बाटो ढुकी बस्दो हो कोही मेरो आशमा
सायाद त्यो गाउँमा पुग्ने छु म कुनै दिन
बसेको हुँदो हो कोही त्यहाँ मेरो फरियाद सुनिदिन
मलाई भन्दो हो ऊ, सफर सक्कियो तिम्रो
पाप र धर्मको हिसाब किताब हुन्छ यहाँ
कर्म अनुसारको फल, स्वागत छ जीवनको अन्त्यमा

५ वर्ष, ५ महिना र केही दिन
यो हिसाब म बुझाउँछु आज तिमीलाई,
जोड, घटाउ, कसको बढी कसको घटि
त्यो तिमी आफै सोँच्नु
यति दिन को खुशी को दुखी
कसका आँखा रसाए
कसका खुशीले चम्किए
त्यो त सुन्नेलाई थाहा होला
हेर्ने लाई थाहा होला
भोग्ने लाई अझ बेसी
को कति ओछ्यानमा छटपटियो
को मिठो निद्रा निदायो
त्यो त सुन्नेलाई थाहा होला
हेर्ने लाई थाहा होला
भोग्ने लाई अझ बेसी
ह्या मर्दिम कि क्या हो
आहा कस्तो रमाइलो
कसले अड्कल्यो
को रमायो
त्यो त सुन्नेलाई थाहा होला
हेर्ने लाई थाहा होला
भोग्ने म अभागीलाई अझ बेसी

प्रतिक्रिया
Loading...