साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

विभा कुमारिया शर्माका कविताहरू

Chovar Blues Mobile Size

विभा कुमारिया शर्माः

विभा कुमारिया शर्मा लुधियाना, पञ्जाबकी एक सशक्त हिन्दी कवयित्री हुन्। पेसागतरूपले अध्यापन क्षेत्रमा सङ्लग्न रहेकी शर्माको हालसम्म ‘झरोखे’ (संस्मरण), ‘बस यूं ही’ (कविता सङ्ग्रह), ‘जब कह दिया’ (कविता सङ्ग्रह), ‘अनकही गुञ्ज’ (कविता सङ्ग्रह), ‘चेहेरे अपने पराए’ ((कथा सङ्ग्रह) कृतिहरूलगायत विद्यालयका पाठ्यपुस्तकहरू पनि प्रकाशित छन्। उनी ‘हिन्दी साहित्य परिषद’ (लुधियाना), कुमार विकल सम्मान (त्रिवेणी साहित्य अकादमी, जालन्धर), राजभाषा गौरव सम्मान (आयकर विभाग), अन्तरराष्ट्रिय महिला नारी शक्ति अवार्ड (एडुफीडद्वारा) आदि पुरस्कारहरूले सम्मानित भइसकेका छन्।

===

१. पीपल

घरको छतमा उम्रिएका

sagarmani mobile size

पीपलका स-साना बोटहरू

वृक्षको विशालताबारे जान्दैनन्,

अपार विस्तार अनि भूतलको गहिरोपनबारे

केही पनि बुझ्दैनन्।

 

थोरै हावा-पानी पाउने साथ

जहीँतहीँ उम्रन्छन् यिनीहरू।

हावाको झोक्काले छुने साथै

लहलहाउँदो बन्छन्, सोर मचाउँछन्।

तर, वृक्षझैँ महत्त्व

कहिले पाउन सक्दैनन्।

 

घरको छतमा उम्रेका

स-साना पीपलहरूलाई देखेर

मानिसहरू सोच्छन् कि-

के बिगार्छन् र यी बालाख रूखहरूले?

मानिसहरू बिर्सन्छन्,

डढेलोको थालनीमा

त्यो सानो झिल्कोले नै

भस्म पारिदिन्छ सम्पूर्ण जङ्गललाई।

स-साना छिद्रहरूले डुबाई दिने गर्छन्

नाउसहित नाविकलाई पनि।

 

घरको छतमा उम्रेका यी पीपलहरूले

घरको दह्रो भित्ताहरूलाई

जरासम्म खोक्रो बनाइ दिन्छन्

जसरी साधारण परिवारहरूलाई

अन्यले नमागी दिने गर्छन्

सल्लाहहरू अभिभावक बनेर

 

समय रहँदै उखालेर फ्याँक्नू होला

यस्तो फसादलाई

जो सम्बन्ध अनि भरोसाहरूमाथि

वज्रपातझैँ झरिरहेको

प्रतीत हुँदछ।

*******

२. पुरूषत्व

पुरूषत्वको के छ र

घोडा अनि पुरूष

बुढो हुन्छन् र कहिले?

पुरूषले नै सोध्यो

आफ्नो पुरूषत्वलाई

 

अनि त्यही दिन उसले

आफ्नो पुरूषत्वलाई

सुम्सुमाउँदै,  फुस्लाउँदै

निसङ्कोच त्यो नाबालिकालाई

घरबाट घसिट्दै जङ्गलको

निर्दयी धरतीमा थेचारेर

लुछ्न-लट्न थाल्यो

ऊ रगताम्मे बनेकी

पर्वाह गरेन उसले

 

उसको चिच्याहट निस्कन अघि नै

मुख पनि जकडियो उसले

न आवाज निस्कन दियो

न त श्वास लिन दियो

 

मृत्युतर्फ घस्रँदै जाँदा

क्रोधले बाहिरिन खोज्ने

उसका आँखाहरूलाई उसले

छेऊमा रहेका पातहरूले ढाकि दियो

अनि शान्त पार्यो

आफ्नो वासनालाई।

 

जब उबाट

वासनाको भुत बाहिरियो

तब उसको अघि थियो

त्यो निरीहकी लाश।

त्यस समय उसको पुरूषत्वले

उसलाई यसो भन्दै धिक्कार्यो कि

छिः! मुर्दा शरीरसित…?

 

उसले घृणासहित थुक्यो एकतिर

अनि सरेर अर्कोतर्फ आयो

मानौँ, केही भएकै छैन

अनि, लाग्यो आफ्नो बाटोतिर

सुम्सुमाउँदै-फुस्लाउँदै

आफ्नो पुरूषत्वलाई

अन्त कतै अजमाउन।

===

 ३. ऐना…

ऐनाले कहिले झुठ बोल्दैन

चाहे उसलाई धेरै टुक्रा-टुक्रा पारिदेऊ।

उसको प्रत्येक टुक्राले त्यही सत्य भन्छ

जुन उसले टुक्रिन अघि भनेको थियो।

सत्यको दृढता,

ऐनाबाट नै सिक्न सकिन्छ।

******

४. पूर्वाग्रहले पीडित

ऊ जो धेरैपल्ट

मसँग हिँड्यो

कैयौँपल्ट पछि पर्‌यो अनि

कैयौँपल्ट अघि पुग्यो।

केहीपल्ट त अगाडि बढ्दा

उसले, पछि फर्केर हेरेन पनि।

कैयौँपल्ट मभन्दा अघि निस्कने होडमा,

मुख बजारिएर लड्यो।

कस्तो प्रतिस्पर्धा थियो

उसको मनभित्र?

कोबाट जीत अनि हारको

चाहना थियो उमा?

बिस्तारी अनि तेज गतिमा

हिँड्दा उसले यो सायद कहिले सोचेन।

ऊ कहिल्यै सहज-सरल ढङ्गमा

आफू अनि आफ्नोपनसँग,

न हिँड्यो, अनि न कहिले विचार्‌यो नै उसले।

यो होइन कि उ अनि ममा

धेरै विषमता अनि विविधताहरू छन्।

तर, उसले केवल भाग्न सिकेको छ

भाग्न आफ्नो वर्तमानदेखि,

भाग्न आफ्नो जिम्मेवारीहरूदेखि

भाग्न हरेक बन्धनदेखि।

ऊ पुर्वाग्रहमा फसेर

आफ्नै वरिपरि

किल्ला बनाउँदै बसिरह्यो,

न अघि बढ्यो अनि

न अघि पुग्न नै सक्यो।

बस् साइनोको ‘हैङ्गर’मा लटकिएर

ऊ एउटा भावना बनेर रह्यो,

खनि रह्यो एउटा खाडल

महिलालाई धकेलेर स्वयम्

अघि निस्कन खोज्ने

त्यो पूर्वाग्रहले पीडित पुरूष थियो।

====

बिलोक शर्मा

बिलोक शर्मा कवि अनि अनुवादकको रूपमा परिचित छन्। उनका मौलिक कविता सङ्ग्रह ‘समयाभास’ (सन् २०१९) उनि ‘कबितार रोटेपिङ’ (भारतीय नेपाली कविताहरूका बङ्गला अनुवाद सङ्कलन, सन् २०२२) प्रकाशित भइसकेका छन्। विगत दुई दसकभन्दा बढी समयदेखि साहित्यलेखनमा होम्मिएका शर्माका देश-विदेशका विभिन्न पत्र-पत्रिकाहरूमा कविता अनि अनुवाद रचनाहरू (नेपाली अनि बङ्गला) नियमितरूपमा प्रकाशित हुन्छन्। मदारीहाट, डुवर्स (भारत)-का स्थायी वासिन्दा उनी हाल उत्तर भारतको लुधियाना सहरमा कृषि-प्रबन्धकको रूपमा कार्यरत छन्

प्रतिक्रिया
Loading...