हामी हामी बीचको प्यार नै नरहला ।
स्तब्ध छ ! लाग्छ संसार नै नरहला ।।
मलाइ दुख्दा तँलाई नि दुख्ने मन ।
ये जिन्दगी ? कतै तेरो सार नै नरहला ।।
कम्पन हुनेछ भयंकर जल्ने छ सारा पृथ्वी ।
हाम्फाल्नलाई कतै मझधार नै नरहला।।
यो तुफान रोकिनेछ, यो ज्वाला निभ्नेछ ।
रौद्र रुप भगवानको यो बारम्बार नरहला ।।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
