नारायणा कोइराला

मेरो धोती न च्यातिएर के भो ?
गणतन्त्रको लँगौटी नै च्यातिएको छ

म स्वदेशमा रमाएर के भो ?
आफन्तहरू सात समुन्द्र पारी रुनु पर्दैछ
देशमा गणतन्त्र आएर के भो ?
धान्नै नसक्ने थुम्के नेताको जन्म भएको छ
संघीयता भएर के भो ?
सहन नसक्ने महँगी बढेको छ
गणतन्त्रमा विकास के भयो ?
वर्षा आउँदा सबै बगेको छ

मेरो धोती न च्यातिएर के भो ?
गणतन्त्रको लँगौटी नै च्यातिएको छ

गणतन्त्रले किसानलाई के दियो ?
जलमलको अभावै अभाव छ
गणतन्त्रमा विकास कसको भो ?
नेता र ठेकेदारको मात्र बोसो पलाएको छ
गणतन्त्रको बजेटले के गर्यो ?
संघीयताको नाममा तलब भत्ता मात्र बढ्दै छ
संघीयताले के दियो ?
करको सिमाना चुलिएको छ

मेरो धोती न च्यातिएर के भो ?
गणतन्त्रको लँगौटी नै च्यातिएको छ।

तानसेन पाल्पा