डा. बिनोद ढकाल

डा बिनोद ढकाल
धुलिखेल अस्पताल
फोन नंः ९८४६७९७२८५

 

धर्ती आमा हुन् भने
पेट्रिडिस्कमा जन्मेका ब्याक्टेरिया जस्तै
जन्मिरहन्छन् मानिसहरु
भरपुर प्रयोग भइरहन्छन् प्रकृतिहरू
विकसित भइरहन्छन् कङ्किटका योजना
आकास उर्वर महल लिएर उम्रन्छ
पानी निरन्तर प्रवाहमा
कतै बागमती हुन्छिन् काठमाडौंको त
कतै बागमती हुन्छिन् तराईको
बग्नु त छ प्रवाहमा एकनास
अनि जब सकिन्छ खनिज तत्व
विकास विनास बन्छ
आकाश वृष्टि दिन बिर्सन्छ
पानी फोहोर गंगा बनेर बग्छ ।

हे पर्या
जो थरिथरिका सन्तानलाई वरण गरेकी छौ
के आमा हुनु आफू नष्ट भएर नयाँ जीवन दिनु हो ?

लाग्छ यहाँ मानिस अलमलमा छ
के साँचै विकास आवस्यक छ ?
तर कसको विनासमा ?
के विनास बिना विकास हुनै सक्दैन ?
कि विकास आवस्यक छैन ?
छैन भने जोगाउ प्रकृति
नदेउ बन्न निजगढ बिमानस्थल
अनि गाली गर सरकारलाई
गाली गर प्रवृत्तिलाई
गाली गर्दै जाऊ खाडी
यहाँ तिम्रो गाउँ पुग्ने बाटोमा
डोजर चलिरहन्छ
अव्यवस्थित सहर गाउँ धाइरहन्छ ।

डा बिनोद ढकाल
धुलिखेल अस्पताल
फोन नंः ९८४६७९७२८५