साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कविताः चौबिसे जवानी बोकेर

Chovar Blues Mobile Size
युनिशा सत्याल

गधा झैं चौबिसे जवानी बोकेर
गन्तव्य बिहीन यात्री जस्तै
कहिले यता कहिले उता
ढुन्मुनिदै उन्मत्त हुँदै
एउटा अभिशप्त अनुराग बोकी
अनगिन्ती आशा र अभिलाषा बोकी
मदमत्त हुदै उन्मत्त हुँदै
कहिले यता कहिले उता
कहिले उकाली कहिले ओराली

कहिले आकाश जस्तै
आकाशिदै
कहिले वतास जस्तै
वतासिदै
पानीको आकार बोकेर
सपनाको रङ्ग चोरेर
बालुवाको उच्च महत्वाकांक्षाले
स्वप्निल महल खडा गर्दै
मदमत्त हुदै उन्मत्त हुँदै
कहिले यता कहिले उता
कहिले उकाली कहिले ओराली

कहिले शरद पुर्णिमाको
चन्द्रमा झैं
कहिले शिशिरको
घनघोर औंशी झैं
कहिले चन्द्र ग्रहण त कहिले सूर्य ग्रहणबाट
अभिशप्त अभिशाप भएर
कहिले हुर्किदै कहिले जोडिदै
समय जस्तै क्षणिक
गधा झैं चौबिसे जवानी बोकेर
मदमत्त हुदै उन्मत्त हुँदै,
कहिले यता कहिले उता
कहिले उकाली कहिले ओराली।।

प्रतिक्रिया
Loading...