मेरो केन्द्र म स्वयम् हुँ

मेरो दायाँ बस्नेले भन्छ
तिमी बायाँ छौ
मेरो बायाँ बस्नेले भन्छ
तिमी दायाँ छौ
तर म भन्छु
न म दायाँ छु
न म बायाँ छु
म त आफ्नै ठाउँमा छु
आआफ्नो दृष्टिकोणको
यान्त्रिक घडी …

प्ना. नर्मदेश्वर प्रधान

अय् मलाई लङ्गुरझैं
चलाउन खोज्नेहरु
यहाँ मेरो आफ्नै विन्दु छ
त्यो त म आफैं हुँ…

त्यसैले म त आफ्नो
न दायाँ छु
न बायाँ छु … ।
भनूँ आज यो ठाउँमा
मेरो केन्द्र त
स्वयं म आफैं हूँ ।
स्वयं म आफैं हूँ ।

कवि परिचय

प्रा. नर्मदेश्वर प्रधान कवि, कथाकार तथा समालोचकको रूपमा चिनिन्छन् । उनले गद्य र पद्य दुवैमा उत्तिकै परिष्कारको साथ हात चलाएका छन् । साहित्यिक सिर्जनामा मात्र सीमित नभई उनले साहित्यिक सिद्धान्त र दर्शनमा पनि उत्तिकै कलम चलाएका छन् । श्रेष्ठ सिरपाः पुरस्कार (ने. सं. ११०५), नःलि प्रधान सिरपाः (ने. सं. ११२७) र भाषाथुवाः उपाधि (ने. सं. ११२८) बाट विभूषित प्रधानका विभिन्न विधामा नौवटा पुस्तक प्रकाशित छन् । 

अनुवादकः आर. मानन्धर

मूल नेपालभाषामा