आमा
घर भन्नु
तिमी रहेछौ

तिमी ईश्वरको भएपछि
बा पनि ईश्वर कै भए ।

इतिहास लामिछाने

छन त छ
मूल थामले अडिएको
सिङ्गो घर
जहाँ झुन्डिरहेको छ
एउटा पुरानो तिम्रो तस्बिर ।

र पनि घर घर लाग्दैन मलाई
आमा
साँच्चै तिमी बिना
घर घर नहुँदो रहेछ ।