थाहा छ
प्रिय
एक दिन हामी
पुन जुट्ने छौं
आज बिर्सेका
उत्सव चाड र पर्वहरू
हामी सँगै बसेर
मनाउने जनाउने छौं
हामी हुँदै
नहुनु भन्दा
एक साथ छौं
त्यही नै त
वरदान हो
चाडपर्व उत्सव त
आउछन् अनि जान्छन्
हामी त सदैव
कोस मिलौं
दूर हिड्नु छ संग्रहमा
गन्तव्य हाम्रो
असीमता मार्ग सम्म छ
त्यो मार्गमा
सुख दुःख कति आउँछन् जान्छन्
गन्ती हर हिसाब छैन
हामी त बस्
हिँड्नु छ
हिँड्नु छ
जिन्दगीको नयाँ कथा
यस्तै यस्तै
अभाव मिलन विछोड
समागममा
मानु पाथी मुरी
खाँदै खाँदै
कथ्नु छ
अनि यसरी नै
हामी पुन
जुट्नु छ ।
हामी पुनः
जुट्नु छ ।।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला