साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

मनको थोपा

भूपिन

भूपीन

सम्बन्धित पोस्टहरु

भूपिनको गीत

मन
कहिलेकाहीँ पानीको थोपाजस्तै थर्थर काँप्छ ।
 
माटोमा अर्थहिन बिलाईजाने चिन्ताले
जसरी थोपा खडेरीसँग काँप्छ
पहाड चढ्दा लडिने लघुताभाषले
जसरी थोपा उकालोसँग काँप्छ
र कतै नअडिने आफ्नै चञ्चलताको कारण
जसरी थोपा कर्कलाको पातसँग काँप्छ ।
 
मन यसरी
कहिलेकाहीँ पानीको थोपाजस्तै थर्थर काँप्छ ।
र अन्तमा कहीँ खसेपछि
मनमनै चित्त बुझाउँछ-
‘थोपा
समयको पातबाट चिप्लिएर कतै खसेन भने
कसरी बगेर समुद्रसम्म पुग्छ ?’

bahulako diary small and inside post
प्रतिक्रिया
Loading...