एउटा श्याम श्वेत फोटोको
एकापट्टी अँध्यारिएको दार्जिलिङ
र
अर्कोपट्टी उज्यालोमा पशुपतिनाथ मन्दिरको शिवलिङ्ग एउटै देखिन्छ ।
एउटा भयङ्कर कालो सर्पले बेह्रिएको छ
अर्को असंख्य अनुत्तरित प्रश्नहरुको अजिङ्गरले
००
प्रश्नहरुको कहिल्यै नटुङ्गिने एउटा लामो लाइन हो
दार्जिलिङ
जतिको पुरानो हो स्यानु रेलको पटरी लाइन
र चियाबगानको इतिहास
त्यो भन्दा पनि पुरानो हो दार्जिलिङ
र प्रश्नहरूको घनिष्ट सम्बन्ध।
००
प्रश्न छ दार्जिलिङ छ
अर्थात
प्रश्न गर्नु भनेको जिम्दो हुनुको एकमात्र
प्रमाण
र
प्रश्नहीन हुनु मरेतुल्य !
यति बेला प्रश्नहरु कति निर्मम हुन पनि सक्छ
स्वाभाविक हो ।
००
प्रश्न ! प्रश्न ! प्रश्न ! प्रश्न !
प्रश्नवाचक चिन्ह निधारमा खोपेर
अग्लोमा उभ्भेकी दार्जिलिङ
प्रश्नहीन हुनु दार्जिलिङ नहुनु बराबर् !
वास्तवमा
प्रश्नहरुको एउटा विराट घुइँचो हो
दार्जिर्लिङ
जहाँ एउटा मर्छ अर्को जन्मन्छ
जहाँ एक मर्छ र अनेकानेक पैदा हुन्छ ।
कुनै यस्तो ठाउँ छैन हरेक ठाउँ हरेक गाउँ बस्ती चियाबारी सिन्कोना
प्रश्नहरुको धारले नछोएको ।
कुनै यस्तो ठाउँ छैन हरेक बाटो मोड चौपत्ति खेतबारी कुना-कुना
प्रश्नहरूले आफ्नो निर्मम निशान नछोडेको
कुनै यस्ता अनुहार छैन न एउटा कुना
प्रश्नहरुले आधापिल्ठो नपारेको ।
यहाँ हरेक प्रश्नहरु अनुत्तरित छ
अर्थात
एकेक वाक्यांशहरु अपुरा छन्
एकेक हरफहरू कृतिम छन्
एकेक शब्द-शब्द शन्देहजनक छ
हजारौं यही प्रश्नहरुको भावरमा डियर दार्जिलिङले
हात खुट्टा चलाउनु छोडेको छैन ।
र पनि दार्जिलिङ घुम्न आइरहने पर्यटकहरुले भन्छन्
दार्जिलिङको कुनै तुलना छैन
दार्जिलिङ जस्तो स्वर्ग अर्को कुनै छैन।
दार्जिलिङ संसारमा अर्को प्याराडाइज हो जो हराएको छ।
प्रश्न यहाँ पनि छ !
०००
प्रश्नहरु छन
र सम्भावना पनि
कि कतिबेला पनि हावाको दिशा बदलिनु सक्छ ।
त्यो भन्दा अर्को ठूलो खतरा के होला र !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।