होम प्रसाद नेउपाने

१.
गाउँबाट भानु तिमी सहरका चोकमा आयौ
थाहा छैन के कति मान इज्जत सम्मान पायौ।
२.
तिम्रो प्रेरणा बाट हामीले धेरै कुरा सिक्यौँ
भाषा लय छन्दबाट नयाँ नयाँ रस झिक्यौँ।
३.
तिमी ऊ समयको पुरानो हामी नयाँ समयका कवि
हाम्रो कविता सुन्यौं भने त भानु रहदैन तिम्रो छवि।
४.
लेख्दछन् विद्वानले विद्वानकै लागि कविता रस
महत्त्व घटेको छ भानु आउ हाम्रा जिब्रामा बस।
५.
ताहाँ माहाँ तिम्रा थेगो गइसके कहाँ कहाँ
रुदैछन् तिम्रा बटुवा बाटा हुँदि यहा उहाँ ।

धरान