कविता
आऊ आज मेरो डेरातिर
डेराको दाहिनेतिर बग्दैछ झर्ना
झर झर गर्दै झर्दैछ मोतीदाना
आऊ
दुवैजना कल्पलोक डुलेर आउँ
एकैछिन भएपनि तिर्खा मेटाउँ
हरियालीमा एकछिन हराउँ
झर्नाको देब्रेतिर छ हिमचुली
आऊ त्यतातिर पनि जाउँ
एकछिन भएपनि रमाउँ
हेरौं पहाडले फेरेको काँचुली
कविता
मेरो मनमा अहिले एकान्त छैन
मेरो मनमा अहिले शान्ति पनि छैन
मेरो मनमा अहिले केही नै पो छैन
त्यही कारण तिमीलाई निम्त्याएको
तिमीसित अनमोल एकान्त छ नि
तिमीसित दुर्लभ शान्ति पनि छ नि
तिमीसित त्यो छ नि जो मसित छैन
आउँछौ होला नि मेरो डेरातिर
एकैछिन भएपनि बाँड्छौ नि
मीठो एकान्त यो थकितलाई
शुद्ध बुद्धको शान्ति, मेटाउछौ नि अशान्ति
ल्याइदिन्छौ नि हराएको कान्ति
म त यसै भएको छु दिकभ्रान्त
त्यसैले त निम्त्याएको तिमीलाई
पाउँछु नि तिम्रो साथ त्यो एकान्त !
ओदालगढी, असम/भारत
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला