दिवाकर भट्टराई

जीवन यात्रामा
रुमल्लिएको छ
एउटा नयाँ कथा
मेरो चोखो प्रेम कथा

परिवार, आफन्त
नातागोता, इष्टमित्र
जस्तै अग्रस्थानमा

बलियो मित्रता
जीवनको गुणवत्ता

डाँडा माथिको घाम
डुब्न लागेको उमेर
कसौंडीमा पाक्ने खाना
परिवारको अनुपस्थितिको रात
चुलो छेउमा टोलाएकी
आमासँग जोडिएको याद

खान दिने कोही छैन
खान खाने कोही छैन

विगतको यादमा
जीवनको उत्तरार्धमा

कोही रहरमा
कोही सहरमा
कोही देशमा
कोही विदेशमा

बिर्सिएका छन्
सम्झन सक्दैनन्
अझै भनौं
सम्झन चाहदैनन्

एउटा दर्शक
एउटा पथप्रदर्शक

वैज्ञानिक छ
जासुसी छ
इमान्दार छ
सँगै बस्छ सँगै रुन्छ
सँगै खान्छ सँगै सुत्छ

धन जोगाउन
दिनरात सिकार गर्छ

भावना र प्रेम सम्बन्ध
सबैलाई सिकाउँछ

सन्तानको अभाव
महशुस हुन दिँदैन

घरभित्र टोलाएर बस्दा
घरबाहिर टोलाएर बस्छ

अन्त कतै गए
बाटो काट्न पुग्छ
रिसाउँछन्
गाली गर्छन्

तरपनि
एक बोलीमा भेट्न आईपुग्छ
मेरो साथी
प्रिय साथी
बिरालो तिमी महान छौ
बिरालो तिमी मित्र छौ

दमौली, तनहुँ