शरद प्रधान

मनहरू थरीथरीका थिए
आत्मसात् अलिकति थियो
विगत बुद्धिको प्रयोग
आधुनिक युद्धमा वियोग
भविष्य अन्धाधुन्ध छ
एक्लो पथिक
अबोध छ

टाउकाहरू अनगिन्ती
प्रवृत्ति होस् या नहोस्
बुद्धिहीन समय प्रकोप
मन उज्यालोमा पुग्नन सक्ने स्थिति

मान्छे भनौंदाहरू
मान्छेमा मान्छेकै रिस
आफन्त भरिकै पीर
आफ्ना हुन् या पराया
आकाशेमन आशको निर्भरमा छ
अनावश्यक कुरामा अल्झिने

एकले एकको वियोगान्त हेर्न चाहन्छ
एकले एकको शोकाकुल हेर्न चाहन्छ
मरुभूमिमा पानीको प्यास
अभियान अबोध भइरहेको छ

पट्टी मलमको तयारीमा
विमुख मान्छेको भीडमा
अनेकानेक रंग बदल्दै
समय भित्र्याउनु या पट्ट्याउनु
जिउँदो लास भइरहनुको अर्थ ।

Sarad Pradhan, Contributing Editor, New Business Age, Panchayan Marg, Thapathali, Kathmandu, Nepal