
भ्रम रहेछ बा
तिमीले गरेको क्रान्ति
मेरो चोखो प्रेम पनि चिन्न सकेन
तिम्रो क्रान्तिले ।
तिमी लडाइँको अग्रपंक्तिमा थियौं
जातीय विभेद सिध्याउन लडेको लडाइँ
वर्गीय विभेद सिध्याउन लडेको लडाइँ
यस्तो लाग्यो
तिमी मानव सभ्यताको
सर्वोच्च लडाइँमा थियौं
मलाई दु:ख लाग्दै लागेन
जतिबेला
तिमीले ब्राह्मणहरुको टुप्पी काटयौं
कतिको घाँटी काटयौं
जसले जातमा विभेद गरे
जसले भातमा विभेद गरे ।

युवराज घलेभाइ (गान्तोक)
तिम्रो क्रान्तिले सिद्धान्त बदल्यो
संविधान बदल्यो
तर बदल्न सकेन
तिम्रा सोचहरु
तिम्रा विचारहरु
तिम्रा व्यवहारहरु
तिम्रा नैतिकता र आचरणहरु
आज सोचिरहेछु
तिम्रो क्रान्तिमा किन लडे होलान् ?



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला

र यो पनि पढ्नुहोस्...

युवराज घलेभाइ
मङ्गसिर ४, आइतवार १५:०१