कसैले भने
मैले पनि सुनेँ
अब आँसु खस्दैनन् रे
रगत पनि बग्दैनन् रे
तर बिडम्बना
आज मलाई पल्ला घरका
छिमेकीले चिथोरी रहेछ
म निःशब्द भई थर थर काम्दै
आँखा भर्दैछ
ज्यान असिनाले पिटेको गोलभेडाझैँ थिलो थिलो भई
पूरै शरीर रगतले भरी रहेछ
अझै मलाई बिस्तारै होइन
एकैपटक मै खाउँला भनि ठाउँ ठाउँबाट फकाइरहेछ
कालो मन भएको मभन्दा ठूलो ज्यान भएकाले
हात लकाइरहेछ
निरन्तर लगाइरहेछ
चिच्याउँदै म कराउँछु
अब कसरी लगाउनु पार त
लम्पसार परिगयो ममाथि सक्दिनँ
थाम्न उसको “भार त“

उसले लगातार मलाई बलत्कार गर्दै
यो समाज अघि रखेल बनाइरहेछ
मेरा छोरा यही समाजमा बस्दै
खै किन सधँै उहीसँग मेल गराइरहेछ
था भएर पनि जेठा छोरा था नभए जस्तै
आफ्नो नैतिकता, स्वाधीनता अनि
आमालाई बेचिरहेछ सस्तै
धेरै पहिलेदेखि दुःख सहिरहेछु
मलाई ज्यादै सकस भइरहेछ

बुझ न ए छोरा
यति सन्तानका छोरा हँुदा पनि म
आफूलाई अँध्यारोमा घुमाउँछु
अब नि नरोके उसलाई तिम्ले
मैले मेरो सबै अस्मिता सधैँका लागि गुमाउँछु
अब त रोक न उसलाई छोरा
म सधैँ सक्दिनँ बाँच्न कोही नभए जस्तो गरी
कति बाँचु सधैँ म ऊबाट यसरी नै मरी मरी
अब त छोरा केही बोल
आफ्नो दुई नयन खोल
अब मलाई बचाऊ
पुन इतिहास रचाऊ ।।