ए छुत लोग्नेमान्छे ! मलाई चिन्यौं ?
म त्यहीँ अछुत स्वास्नीमान्छे हुँ
जसलाई वर्षातमा ओडार लाग्ने घरको पेटीसम्म दिएनौं
अनि म त्यही स्वास्नीमान्छे हुँ
जसलाई मन्दिर पस्नसम्म दिएनौं
तिम्रा देवीदेवताको दर्शन गर्नसम्म दिएनौं
ए छुत लोग्नेमान्छे तिमी कति लखेट्न सक्छौ ?
जब म पानी भर्न पधेरो गएँ त्यहीँबाट लखेट्यौं
जब म मन्दिरअघि फूल अक्षेता धुप बेच्न बस्छु त्यहीँबाट लखेट्यौं
अनि ए छुत लोग्नेमान्छे
जब मैले शरीर बेच्न थालें म अछुतको शरीर तिमी छुतले कसरी चलायौं ?
मेरो शरीर कसरी छुत भयो ? जो मेरो पहिलो ग्राहक बन्न तिमी नै आइपुग्यौं ।
सुनसरी ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
र यो पनि पढ्नुहोस्...
सुबिन विश्वकर्मा
बैशाख २९, शुक्रबार ११:०१