आऊ ! अलिकति त हामी निश्चिन्त खेलौं

अनास्था र विरक्तिका क्षणहरूलाई एकछिन त्यतै राख
अन्योल र विवादहरूलाई पनि एकछिन पट्याऊ
असन्तुष्टि र विवशताका स्वरहरूलाई पनि एकछिन चूप रहन भन

र आऊ ! एकछिन त हामी बेपर्वाह हाँसौं

विद्रोह र विरोधका हुङ्कारहरू एकछिन नसुनौं
हत्या र डकैतीका खबरहरू पनि आउन एकछिन ढिलाओस्‌
षड्यन्त्र र कूटनैतिक व्यवहार पनि
एकछिन त षड्यन्त्रमै व्यस्त रहून्‌

कणाद महर्षि

र आऊ ! एकछिन त हामी निस्फिक्री हौं

मृत्युदण्ड र आत्महत्याहरू एकछिन कतै जेसुकै भइरहोस्‌
भुकम्प, आँधी र बाढीहरूले एकछिन कतै जतिसुकै क्षति पुर्याओस्‌
उच्चतम वैज्ञानिक उपलब्धिहरू या विनाशहरू पनि
एकछिन कतै सुन्न नपरोस्‌

र आऊ ! एकछिन त हामी मुक्त डुलौं ।