सरिता भट्टराई नेपाल

बिक्रम सम्वत २०३७ साल असार २१ गते थियो
जिल्ला धनकुटा गाउँ थियो कचीडे
पिता हुन श्री कृष्ण बाहादुर माता थिइन आशादेवी
प्रथम सन्तानका रुपमा पैदा भइन झमक कुमारी

मनमा पीडाको खेती गर्दै रूँदै रुँदै बस्थिन्
भाइ बहिनी साथी संगी पढ्न जाँदा धैर्यताको सीमा छोड्थिन्
असक्त भए पनि अदभूत प्रतिभा थियो उनमा
त्यहीं माला उन्दा उन्दै दृढता भयो मनमा

गोडाका बुढी र चोरी औँला थिए साथमा
मसी बन्यो रातमा परेको शीतको थोपा थोपा बन्यो पातमा
कापी बने ढुङ्गा माटो कलम थ्यो खुट्टा
साधना सफल भई शब्द बनेथ्यो कलम

जीवन काँडा कि फूल उनको पहिलो सङ्ग्रह थियो
कष्टपूर्ण वाल्य जीवय अक्षर चिन्ने संघर्ष थियो
सामाजिक सँस्कार खराब पक्षहरु पर्दाफास गरिन्
आफ्ना जीवनका अनुभूतिहरु वर्णन जो गरिन्

कविता कथा निबन्ध कृतिहरु थिए अनेक
न हिँड्न सक्ने , न बोल्न सक्ने बागदेवी भइन आज
कमजोर भए पनि विचार भावना थिए अनेक
काँडै काँडा बीच फूलेकी एक सुन्दर फूल हुन आज ।

आदरणीय साहित्यकार झमक घिमिरेको जन्म दिवसको उपलक्ष्यमा मेरो तर्फबाट एउटा सानो रचनात्मक उपहार स्वरुप वहाको जीवनमा घटेका तितामिठा अनुभवलाई मैले बुझे सम्म अध्यन गरें अनुसार एउटा सानो रचना सबैका लागि प्रेरणा बनोस् भन्दै झमक नामक कविता लिएर हजुरहरु सामु आएकी छु।

जन्म दिनको हार्दिक मंगलमय शुभकामना सुस्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको कामना गर्दछु।

 

बिराटनगर ४