गौरब देवकोटा

कपास सरी हलुका जीवनमा
नानाथरी सपना भरेर
गह्रौ ढुङ्गाको तुलनामा पुराए
अनि बोक्नै नसकी भारी बिसाए
आमाको दूधमै सारा खुसी मिल्दा मिल्दै
मैले अनावश्यक खुसीको ढुवानी गर्न
आफ्नो मन दुनियाँ घुमाए
कठै मेरो बुद्धि
यौटा खेलौनामा मुस्कान देख्ने म
तेही खेलाउना बिरानो देखे
उता पृथ्वी घुमिरह्यो
तर उस्को बेगमा आफ्नो चाहानाको प्रवेग मिसाउँदै
मनलाई फेरि दुनियाँ घुमाए
एउटा सपना साकार हुँदा नहुदै
अर्को सपनाको जन्म हुँदा पत्तै नपाउने
अनि जितको खुसीयाली मनाउन नपाउदै
अर्को सम्झेर टाउको समाउने

मन्दिर गई वर मागें
मस्जिद गएँ दुवा मागें
गुम्बा गएँ आशिर्वाद मागे
अनि चर्च गएँ रोएँ कराएँ
केही नसुन्ने देउतालाई पनि
नानाथरी योजना सुनाएँ
यो मिले त्यो लेराउछु
सोचेको पुगे तिम्रो रङ्ग फेराउछु
शिक्षा मागें किताब त्यागें
सफलता मागें लक्ष बिर्सिएँ
हराए सन्तुष्टि विचार तेर्सिए
अधिकार खोजे कर्तव्य बिर्सिए
पाएन केही आफैंमा खिस्सिएँ
आफै नभएसी अरु के पो पाईयो
अनि अन्तमा मलाई
अब म चाहियो

जीवित जति अन्यायमा पर्दा
निर्जीव भई तथस्ट तैरिएँ
आफूलाई पर्दा को आउथ्यो अनि
आफन्त पनि भैदिए बैरी रे
सोचेको सबै के पुग्थ्यो सधैं
चाहेको नपुग्दा पाएको सबै
विलीन भए हराए तैरिए
सोचिन यौवन
उमेर घटाएँ
पाएको मौकालाई
नचुमी पठाएँ
निन्द्रा भन्दा ओछ्यान महंगो
भोकभन्दा भोजन भो प्यारो
अन्तमा भारी भो सपनाकै बन्डल
सकिन उठ्न उचाली पछार्यो
आफै नभएसी अरु के पो पाईयो
अन्तमा मलाई अब म चाईयो
अन्तमा मलाई अब म चाईयो

क्यानडा, ओन्टारियो