ऊ लोकसेवाकी विधार्थी हो
उसलाई थाहा छ
उत्तम विकल्पको महत्त्व
र नकारात्मक अंकको
महत्त्व पनि थाहा छ
मेरो जिन्दगीको उत्तम
विकल्पमा पर्नुभएन
छनोट गरेर
गल्ती गरें भन्दै गएकी हो
हिजो उसलाई उत्तम
लागेका ती विकल्पहरु
साँच्चिकै उत्तम थिएनन्
जसले उसलाई
नकारात्मक अंक बढाइरहेको छन्
एकदिन यस्तै
नकारात्मक अंकले
जिन्दगी देखि असफल हुनेछौ
उत्तम विकल्पहरुको खोजिमा
छनोट गर्दै छाड्दै गरेका
यी विकल्पहरुले तिमिलाई
असफल बनाउन
महत्त्वपूर्ण भूमिका खेल्नेछन्
तिमी लोकसेवाकी अब्बल विधार्थी
जिन्दगीमा अब्बल बन्न सकिनौ
सायद तिमीले
उत्तम विकल्प नभेट्दा
प्रश्नहरु छाडेर पनि
अगाडि बढ्न सकिन्छ बिर्सियौ
यदि तिमीले
मजस्तै विकल्प छान्नुको साटो
प्रश्नहरू छाडेको भए
आज तिमीसँग नकारात्मक अंक
हुँदैन थियो
जसले जिन्दगीको परिक्षामा
सफल हुन सहज हुन्थ्यो ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला