साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

सम्झनामा लकडाउन

खोपेर गहिरो डोब हाम्रो मानसपटलमा
छुट्नेछ यो कठिन समय पनि हामीबाट

रहनेछ सम्झनामा लकडाउन ।

सबै तिक्तताहरू बिर्सेर हतार हतारमा
साथीभाइहरूबीच गरिएका ग्रुप च्याटहरू
अत्यासिलो समय बिताउन
बनाइएका टिकटक र ट्रोलहरू
लकडाउनको फुर्सदमा
कोरिएका गीत र कविताहरू
एकआपसमा साटेका मायाहरू ।

bahulako diary small and inside post

हो रहनेछन् सबैसबै सम्झनामा

जीवन र मृत्युको दोसाँधमा झुण्डिएको एक पल
प्रियजनको चिन्ता गर्दै लेखिएका स्टे सेफ
र कोरोनाले हामीबाट टाढा खोसेर
लगिएकाहरूका निम्ती
आँसुका सेता अक्षरहरूले लेखिएका रिप शब्दहरू

चिन्ता छ
भोलि फेरि देख्न पाइने हो कि होइन
मलाई हेर्दै मुस्कुराऊ भन्ने यी सेता हिमालहरू
भोलि फेरि मेरो आँगनमा ओर्लिने हो कि होइन
बोकेर उमंग यो स्नेही घाम
भोलि फेरि यो कोठाभित्र छिर्ने हो कि होइन
लिएर जीवनको सार योे बैंशालु हावा
भोलि फेरि यसरी नै देखिने हुन् कि होइनन
निल गगनमा यी चम्किला ताराहरू
भोलि फेरि गाउने हुन कि होइनन्
चराहरूले प्रभातकालिन धून

भोलि त फेरि
म कसरी भन्नसकौँ कि
फर्किएर त्यही लयमा
दौडने छैन यो समय
दौडने छैन यो सहर
दौडने छैनन मान्छेहरू

तर म भन्न सक्छु
रहनेछ सम्झनामा लकडाउन   ।

 

प्रतिक्रिया
Loading...