कालूसिंहका पाँच युग्मक


पूजा
फूलको हत्या भयो
हत्यारा मन्दिरतिर गयो।
महामूर्ख कालिदास
महामूर्ख बनेका थिए कालिदास उल्टो हाँगो काटेर

महाज्ञानी बनेका छौं हामी सिधै रूख ढालेर।
एकदिन
हराएर सबै चरा
रहला मात्रै बन्चरा।
फूलहरू
एउटा फूल छ बोटमा
अर्को तिम्रो ओठमा।
दोहोरी
आफ्नो छायाँ दिएर रोप्दैछु विरुवा अहिले
पछि…. सिंयाल ताप्नलाई।