साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कविताः वर्षाकी भक्त मेरी आमा

Chovar Blues Mobile Size
महेन्द्र रावल

मेरी आमा र वर्षाको साईनो घनिष्ट छ
जस्तो भगवान र भक्तको हुन्छ
जब वर्षा लाग्न सुरु हुन्छ तब मेरी
आमा वर्षाको ध्यानमा लिन हुन्छिन्
उनी खाँदा,सुत्दा,कतै जाँदा,मेलापात गर्दा
गाई भैसिको भकारो सोर्दा जति बेला पनि
वर्षाकै ध्यान गर्छिन्
मेरी आमाले वर्षा देखेको
उनी जन्मे देखि नै हो
तर वर्षा सँग साइनो जोडिएको
त्यति लामो समय भएको छैन
उनको र वर्षाको साइनो जोडाई दिने
उनले दिनरात मिहिनेत गरेर बनाएको
रगत पसिनाले पोतिएको उनको
कुनै बेलाको सपना उनको घर हो
जुन घर बनाउँदा
उनी रातदिन खटिएकी थिइन
निन्द्राभोग त्यागेकी थिइन
आफ्नो कोमल शरीरलाई खियाएकी थिइन
र उनको घरमा जसाउँने
घरलाई रंगीन बनाउँने
उनको प्रिय पुत्र गुमाएकी थिइन
मेरी आमा थलिएकी र गलिएकी थिइन
जुन सपनाको महल बनाउँदा
त्यही सपनाको महल
वनाएको अर्को
वर्ष देखि नै चुहिन थाल्यो
त्यसपछि मेरी आमा र
वर्षाको सम्बन्ध
जोडिन पुगेको थियो
त्यही समय देखि हो मेरी आमा
वर्षाको डरको भक्त बनेको
उनी बिचलित भएर डराउछिन्
जब वर्षिन थाल्छ वर्षा उनको
सपनाको महल माथि
उनी रातभर सुत्दिनन् सपनाको
महल वर्षाले भत्काउने डरले
र उनी दिनभर हाँस्दिनन्
वर्षाको डरलाग्दो कहरले
त्यसैले त मेरी आमा वर्षाको ध्यानमा
अझ लिन हुन्छिन्
जब झरी वर्षा बनेर वर्षिन थाल्छ ।

प्रतिक्रिया
Loading...