कविताः सत्य-दंश
आज
मैले नै जन्माएको
मेरो सत्य
यतिविघ्न विश्वासघाती बन्ला भन्ने
सोचेको थिइन मैले ।
वस्तु हुन्थ्यो त त्यो सत्य
मिल्काउन पनि मिल्थ्यो
पशुपंक्षी हुन्थ्यो त
भगाउन पनि मिल्थ्यो
मान्छे हुन्थ्यो त आमुन्ने सामुन्ने
लडाइँ गरेर
पराजित गर्न पनि सकिन्थ्यो ।
आज मेरो रगतभित्र
कोष भई घुलेर
मेरो रगतभित्रको रगत
पिइरहेको—
मैले नै जन्माएको सत्य हो त्यो ।
अब कसरी चिनूँ मैले त्यसलाई ?
समाऊँ त कसरी समाऊँ त्यसलाई ?
माहुरीको दंशझैं
मर्ममै छुने गरी
सत्यको प्रहार हो आज मेरो
चिलेर अरुलाई मार्ने
चिलेर आफैं पनि मर्ने ।
श्रोतः नःलि साहित्यिक मासिक, पूर्णांक १४३
कवि परिचयः
श्रीराम श्रेष्ठ दर्शनलाई विषयवस्तु बनाएर निरन्तर लेखिरहने कवि हुन् । उनको कविता संग्रह ‘धुलय् धू’ (धुलोमा धुलो) प्रकाशनको तयारीमा छ ।
अनुवादकः आर. मानन्धर
मूल नेपालभाषामाः
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
र यो पनि पढ्नुहोस्...
जनक कार्की
मंसिर १३, बुधबार ११:०१