कविताः म विक्षिप्त भैसकेँ


म विक्षिप्त भइसकेँ
मध्ये रातमा लाटोकोसेरोले जीवन लुटिए झैँ
बर्षामा झ्याउकिरीले साझको संज्ञा दिए झैँ
अब त म बूढो पनि भएछु विक्षिप्त भैसकेछु
छ महिना जीवन मरेतुल्य बनाएर बाँचेका भ्यागुतोहरु
तीन महिनै जीवन टिक्न नसकाएका चिप्लेकिराहरु
मगज खुस्केको पागल नचाहँदै म विक्षिप्त भएछु
फुल्नै नपाएर पहेँलिएका कोपिलाहरु झैँ
फल्नै नपाएर हुरीले झारेका आँपका चिचिलाहरु
आधाबैँसमा जीवन छोड्नुपर्ने साँच्चै उमेर नपुग्दै बूढो भएछु
इन्द्रेणीको रङ्गिन दुनियाँ छिनकै बादलको मुस्लोले खोसे झैँ
खानै नपाएर मर्ने र जुका झैँ पेट फुटेर मर्नेको आसमानता
त्यसैले म हेर्न सक्दिनँ कैयौं दुख कष्टहरु म विक्षिप्त भइसकेँ
देशको निम्ति केही गर्न नसक्ने एक कमजोर अटेरी भएछु ।
