साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कणाद महर्षिको कविताः अश्लील

Chovar Blues Mobile Size

कसले भन्छ
-त्यसले उसलाई पेट बोकायो
(यो अश्लील ?)
लोग्नेलाई देखाएर
यौटी नारीले खुद खुलस्त भनिन्‌
-मबाट होइन,
उहाँबाट छोरा जन्मँदैन रे
(यो कस्तो अश्लील ? कति अश्लील ?)
जोसुकेले भनोस्‌

कणाद महर्षि

_तपाईं कहाँबाट जन्मनुभयो ?
(यो झन्‌ अश्लील ? कि के ?
तब त्योभन्दा अश्लील के ?
-जेहोस्‌ ती फोहरी
ती अश्लील कुरा अलि गोप्य हुनुपर्छ
त्यसैले शायद सम्भव छ अलि के भो र !
“अति-गोप्य” छाप लागेका
ती असङख्य प्रशासनिक पत्रहरू देख्दा
असाध्य घिन लागेर मलाई
वाकवाकी बान्ता आउन खोज्छ ।

sagarmani mobile size
लेखक परिचय
कम
कणाद महर्षि
प्रतिक्रिया
Loading...