माधवराज दाहाल

यतिवेला म
घर अगाडिको एउटा अधबैंशे रुखको
कापबाट परसम्म अपलक
तिमी सम्मको बाटो कोरिरहेछु
तेही आकाशमा
अनायासै एकजोडी चराले
मेरो बाटो काटछन् र
जसै मेरा आँखा रोकिन्छन् नि

यतिवेला
मलाइ तिम्रो मयाले सताउँछ
उसको नियमित नियम उस्तै छ
बरु म हरफमा फरक छु
उ बोल्दैन गए राती अर्थात
रातैभरी कति जुनताराले
आ आफ्नै प्रेमिल टिकटक खुटेहुन्
कति मन मनभित्रै फुटेहुन्
र त त्यो मैले उसँग सोधिन

तर बिहानीको त्यो पूर्वको घडीतारा
एक्लै एक्लै
टिलपिल् टिलपिल्
लाग्छ
मलाई तिम्रो भाकामा के के भनिरहेछ
हो, यतिवेला
मलाई तिम्रो संझनाले सताउछ
तेस्तै उस्तैखाले बिहानी
मकन
नयाँ केही ल्याओस् लाग्छ
मेरो बाटो नकाटोस् लाग्छ
तर हुदैन त्यो म जे चाहान्छु
मेरो दूर दृष्टि पर सम्म
उही अधबैंशे रुखको कापबाट
बादलको दलमा
हावाले चित्र कोर्छ तिम्रो
बाटुलो बनोटमा
अगाडि झरेका केश-विन्यास र अरु अरू
चित्र पुरा हॅुदानहुदै
जसै अर्को छुद्र हावाले जथाभावी
बिथोल्छ नि
हो यतिबेला
मलाई तिम्रो मेरो मौन मंत्रणाले झनै सताउछ ।

 

टेक्सास,अमेरिका