कहाँ हुन्छ माया भन कहाँ हुन्छ मन
डाँडा पाखा चहारौं कि हुनुपर्छ धन ।
कता उड्यो चङ्गा त्यो हातमै रह्यो धागो
जति पानी खन्याउदानी निभ्दैन त आगो ।
मुहार उही मुस्कान उही फरक किन गाजल
नृत्य उही संगीत उही फरक पर्यो कि मादल ।
दृश्य उही नजर उही फरक पर्यो गाउँ
नदी उही माझी उही मात्र फरक नाउँ ।
रोदन दुई पीडा उही कसो गरौं भन
हाँसे जस्तो तिमी गर म बुझाउला मन।
तिम्रो नजर सगरमाथा, तल म छु हेर
हुस्सु होस् वा कुहिरो सही घेर्न सम्म घेर।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला