आजभोलि अनौठा सपना आउँछन
मेरो सहरमा मान्छेले कुकुरलाई
र, कुकुरले मानिसलाई आलोपालो गरि टोक्छन ।
दुवै स्वास्थ्यचौकी लगिन्छन् ।
फर्काइन्छन् पटक पटक
त्यसैले त आज सहर शान्त छ ।
जीवन सम्भ्रान्त छ ।
धन्य हामीसँग चेष्टा छ ।
रमाउने रहर छ ।
बजार छ ।
पार्कहरू छन् ।
त्यसैले त अर्काले घुमाउने,
रोटेपिङ्गमा बसेर घुम्न पाइन्छ ।
त्यसैले त
चटकेको बाँदर हेर्न पाइन्छ ।

बाहिर नेमप्लेटमा लेखिएको छ
बाँदरका बारेमा बुझ्न
मदारीलाई सम्पर्क गर्नुहोस् ।