कुल्चिएर बाटो मुनिको एउटा फूल
भेरी नदीको आत्माभित्र अछुत रगत मिसिएको छ
अब मन्दिरमा चढाउने पानी चल्छ चल्दैन ?
एक चौथाइ साइँली सुनको औठी सँगै
बगरमा दुई चिम्टी अछूत सिन्दुर पोखिएको छ
अब घाटमा लासहरू जल्छ जल्दैन ?
फुटेर मूल्यहीन प्रेमिल मुटुको भाग्य चट्टानमा
कालरात्रिमा जस्तै रगत लतपतिएको छ
अब चट्टानबाट मूर्ति बन्छ बन्दैन ?
कठिन अन्तिम स्वासहरू सँगै
अछुत भौतिक शरीर पञ्चतत्वमा बिलिन भएको छ
अब मान्छेले स्वास फेर्छ फेर्दैन ?
ब्लड ब्याङ्कको एक पाउण्ड बाँकी रगत कस्को हो ?
रक्तनलीमा छकबार गर्ने ढोका हुन्छ हुदैन ?
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला