मेरो हजुरबुवाले भन्नुहुन्थ्यो
बुवाआमाले पनि भन्नहुन्थ्यो
अनि, गाउँ समाजका सबैले भन्नुहुन्थ्यो
इज्जत राख्नुपर्छ है कान्छा !
सबैका लागि र सधैँकालागि
सबैभन्दा ठूलो र विशाल छ
मान्छेको इज्जत ।
आरोप प्रत्यारोप लाग्ननहुने
लागेको कुरा देख्न नहुने
देखेको कुरा सुन्न नहुने
छाडेर हिँड्न नमिल्ने
ढाकेर मात्रै राख्नुपर्ने
अनि, कसैलाई देखाउन नमिल्ने
कस्तो छ यो इज्जत
लागेको इज्जत पखाल्न नमिल्ने
च्यातेर पनि नच्यातिने
ढाकेर निकहिल्यै नढाकिने
छोपेर पनि नछोपिने
अनि, लुकाएर पनि नलुक्ने
सुकाएर पनि नसुक्ने
कस्तो अचम्म छ
लागेपछि टाँस्सिइरहने सधैँ
बडहरको खोटोजस्तो छ इज्जत .
आफ्नो मनलाई थाम्न नसकेसी
दृष्टिलाई बक्र बनाएसी
अपनत्वलाई त्यागेपछि
मान्छे मान्छे भित्रको भावना
पशुत्वमा ? पान्तरित भैदिन्छ
अनि, मानवबस्तीको जञ्जीरलाई तोड्दै
डर, त्रासको भावनाको अन्त्य हुन्छ
अनि, लगाम बिनाको घोडा बन्दै
मान्छे पशुत्वमा परिणत भई
अपराधीबन्न पुग्दछ
बर्षौदेखि आर्जन गरेको मान, प्रतिष्ठा
एक क्षणमा खरानी बनाउँछ
ऋाफू सकिन्छ
परिवार सकिन्छ
समाज नै दुर्गन्धित बनाउँदै
सिङ्गो राष्ट्रलाई समेत डुबाउँछ
त्यसैले इज्जत इज्जत नै हो
जसले मान प्रतिष्ठालाईं बढाउँछ
मान्छेलाई मान्छेजस्तै बाँच्न सिकाउँछ
निडर र स्वाभिमान बनाउँछ
बलशाली र शक्तिशाली बनाउँछ
अनि, मान्छे भित्र मानवता बढाउँदै
अजर र अमर बनाउँन सक्छ
यही सानो इज्जत ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।