कविताः समीपमा आऊ

हावा त हो जीवन
आकाश घोचेर
अलिकति भरे त भो नि
नबुझे झै के बसिराको
माया लगाउने त हो
अलिकति बसाई सरे त भो नि
सम्बन्धित पोस्टहरु

न अट्ने भा पो
खाली छँदै छ मन मुटु
अलिकति थपे त भो नि
खोज्नु परेन नयाँ
पुरानो छाडेर यसो
नजर फेरे त भो नि
रात भर जागेको किन
थोरै यता फर्केर
अँगालो हाले त भो नि ।
तिलोत्तमा, रुपन्देही