बग्दै गर्छ पानी
मौन ढुङ्गालाई स्पर्श गर्दै नदी
चुपचाप ढुंगा
पानीको गतिलाई धार दिँदै ।
हेर्नेलाई लाग्छ
एउटा युद्ध हुँदै छ
पानी र ढुंगाबीच
देखिएको दृष्यलाई नै ठान्छ सत्य
वास्तविकताभन्दा पर, धेरै धेरै पर ।
अर्थको अनर्थ हुने गरी
एउटा उपमा — शत्रु र मित्रको
यथार्थभित्रको यथार्थलाई धुलोले छोप्दै
हेर्दा हेर्दै नानाथरिका प्रसंगहरु फैलिसक्छन्
पानीको स्वतन्त्रता हनन भयो भनेर !
कवि परिचय
नविन चित्रकार बहुआयामिक व्यक्तित्व हुन् । उनी कवि हुनुको साथसाथै नेपालभाषा र नेपाली दुवै भाषाका नाटक, टेलिफिल्मका नाटककार, निर्देशक, पटकथाकार र कलाकार पनि हुन् । उनी उत्कृष्ट पटकथा (नेपाली) र उत्कृष्ट एकांकी (नेपालभाषा) मा पुरस्कृत पनि भइसकेका छन् ।
भाषिक र साहित्यिक संस्थाहरुमा सक्रिय उनी फाउण्डेशन अफ सार्क राइटर एण्ड लिटरेचरको नेपाल शाखाका सदस्य–सचिव पनि हुन् ।
उनको एउटा कविता सँग्रह र अनुवादका दुइ कृति प्रकाशित छन् ।
अनुवादकः आर. मानन्धर
मूल नेपालभाषामा
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।